३६ वर्षपछि आफ्नै भवनमा पिएमसीको ‘सेलेब्रेशन’
पाेखरा | मंसिर १४, २०७९
पोखराः पोखराकै पुरानो सामुदायिक क्याम्पसमा नाम दरिएको पोखरा बहुमुखी क्याम्पस आज आफ्नै नवनिर्मित भवनमा सरेको छ । र, सोही भवनमा क्याम्पसले धुमधामसँग ३६ औं वार्षिकोत्सव मनायो ।
नयाँबजारमा लामो सयमसम्म सञ्चालनरत क्याम्पस पञ्जेबाजा र झाँकीसहित शान्तिवनमा सरेको छ । साताव्यापी कार्यक्रमको आयोजना गरेको क्याम्पसले आज विशेष कार्यक्रमको आयोजना गरी मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले क्याम्पस परिवारसँगै आफु पनि हर्षविभोर भएको बताए ।
‘पोखराकै इतिहास बोकेको क्याम्पसले धेरै दुख खेप्यो’ मन्त्री थापाले भने आज दुलही भित्रिए झैं क्याम्पस नयाँ भवनमा भित्रिएको देख्दा म साँच्चै खुशी छु ।’ उनले आजको दिनलाई गौरवको दिन भन्दै आगामी दिनमा क्याम्पसलाई आवश्यक सहयोग गर्न सदैव तयार रहेको उल्लेख गरे ।
‘तपाइहरु कुनै पनि काम सुरु गर्नुहोस्, पुरा गर्ने जिम्मा हामी लिन्छौं’ भन्दै थापाले अब क्याम्पसको पाठ्यक्रममा प्रयोगात्मक र समायानुकुल विषय थप गर्न आग्रहसमेत गरे ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले क्याम्पस आफ्नै भवन सर्नुमा सम्पूृर्ण पोखरेलीको साथ र सहयोग रहेको टिप्पणी गरे । ‘म यतिबेला समितिका पूर्वअध्यक्षहरुलाई सम्झन चाहन्छु, सम्बन्धित निकायलाई धन्यवाद दिन्छु’ लालचनले भने ‘र, सम्पूर्ण मनकारी संस्था र सहयोगी हातहरुलाई धन्यवाद दिन चाहन्छु ।’
सोहीक्रममा क्याम्पस प्रमुख शिशुकला पराजुलीले छत्तीसौं वार्षिकोत्सव ‘विशेष’ भएको धारणा राखिन् । भौतिक संरचनाको अभावमा नवीन विषय थप गर्न समस्या भइरहेको उल्लेख गर्दै पराजुलीले आगामी शैक्षिकसत्रदेखि क्याम्पसले थप संकाय सुरु गर्ने जनाइन् ।
‘सबैको साथ, सहयोग रह्यो’ पराजुलीले भनिन् ‘विभिन्न संस्था, चन्दादाताप्रति आभार व्यक्त गर्दछु, क्याम्पस प्रशासन, सञ्चालक समिति, विद्यार्थी, प्राध्यापकको योगदान अनुकरणीय छ ।
उक्त अवसरमा क्याम्पसले चन्दादाताहरुलाई सम्मान गरेको छ भने विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
कार्यक्रममा शिक्षासेवी, व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, अभिभावक एवं शुभचिन्तकहरुको भव्य उपस्थिति रहेको थियो ।
क्याम्पसमा हाल बिहानी सत्रमा मानविकी एवं व्यवस्थापन संकायमा पठनपाठन भइरहेको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

